टेनिस टोली इन्डोनेसिया प्रस्थान

टेनिस टोली इन्डोनेसिया प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।

आरभ सम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले सातदोबाटोमा शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे । यु–१४ उमेरसमूह यो प्रतियोगिता फेब्रुअरी १७ देखि २२ तारिखसम्म चल्ने छ ।

Skip This
Skip This
Logo