पूर्वप्रधानसेनापति क्षत्री पनि छानबिनको घेरामा

पूर्वप्रधानसेनापति क्षत्री पनि छानबिनको घेरामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत गठित कार्यदलले सिफारिस गरेको छ।

कार्यदलले समितिमा परेका पचासभन्दा बढी उजुरीको अध्ययन गर्दै क्षत्रीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्न समितिलाई सिफारिस गरेको हो। कार्यदलले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्रयाकसहित विभिन्न ठेक्कापट्टा र खरिद निर्णयमाथि छानविन गर्न सुझाव दिएको छ।

गतअसारमा गठित तीन सदस्यीय उपसमितिले विहिवार समितिमा प्रतिवेदन बुझाएको छ। क्षत्री प्रधानसेनापति हुँदा विभिन्न आर्थिक गतिविधिमा अनियमितता भएको भनी समितिसमक्ष छानविनका लागि निवेदन आएको थियो। सोही आधारमा अध्ययन गर्न गठित उपसमितिले बुझाएको प्रतिवेदन अनुसार छानविनका लागि अख्तियारलाई पत्र पठाउने निर्णय गरिएको हो।

उपसमितिमा काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु, नेकपाका रेखा शर्मा र नवराज सिलवाल रहेका थिए। उपसमितिकी सदस्य शर्माले समितिमा परेको पचास भन्दा बढी उजुरीमाथि अध्ययन गरेर प्रतिवेदन बुझाइएको बताउँदै भनिन् ,‘पूर्व प्रधानसेनापती क्षेत्रको विरुद्ध चारवटा उजुरी आएको थियो, सोही अध्ययनको आधारमा क्षत्रीविरुद्ध परेको उजुरीको बारे छानबिन गर्न अख्तियारमा पठाउने निर्णय भएको हो।’

पदमै रहँदा क्षत्रीले गरेको भ्रष्टाचारबारे यसअघि संघीय संसदमा नेकपाका युवा नेता तथा सांसद महेश बस्नेत, सांसद हृदयेश त्रिपाठी लगायतले प्रश्न उठाएका थिए ।

क्षत्रीले फास्ट ट्रयाकको ठेक्काबाट ४ अर्ब रुपैयाँभन्दा बढी र सेनाले दिने विभिन्न ठेक्कापट्टा तथा खरिदबाट ६ अर्ब बढी कमिसन खाएर अकुत सम्पत्ति जोडेको भन्दै समितिमा विभिन्न उजुरी परेको थियो।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo