काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने काम शुरु गरेको काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर–महाराजगञ्ज क्षेत्र र त्रिपुरेश्वरदेखि माइतीघरसमम्मको बोर्ड हटाएको हो ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ ।
बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्ली बजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ । हटाएका मध्ये ३७ ठूला प्रचार सामग्री रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया