कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने

कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो । प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको बताए । पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो ।

तर, त्यतीबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए । कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ । प्रवक्ता शर्माका अनुसार यहि फागुन १५ गतेभित्र समायोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समुन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उन बताए ।

कांग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरितका विधेयक ल्याउने सरकारी निर्णयको भत्र्सना गरेको जनाएको छ । शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पार्टीका सबै नेताहरु एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताए ।

Logo