सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लिका बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo