कोरोनोबाट मृत्यु हुनेको संख्या एघार सय नाघ्यो

कोरोनोबाट मृत्यु हुनेको संख्या एघार सय नाघ्यो

केन्द्रबिन्दु
0
Shares

हुबेई ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै १ हजार १०३ जनाको मृत्यु भइसकेको छ । प्राप्त समाचार अनुसार यस भाइरसबाट ४४ हजार १३८ मानिस सङ्क्रमित छन् ।

यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट २ हजार ६१८ जना सङ्क्रमित भएका बताइएको छ । आइतबार एकै दिनमा ९१ तथा सोमबार १०३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमित रहेका मध्ये ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
रासस /सिन्ह्वा

Skip This
Skip This
Logo