भ्यालेन्टाइन अफर : पाँचतारे होटेलमा नि:शुल्क डिनर !

भ्यालेन्टाइन अफर : पाँचतारे होटेलमा नि:शुल्क डिनर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ग्राहकहरूको लागि एन आइ सी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङ्ग एप ‘मो ब्याङ्क’मार्फत कारोबार गर्ने ग्राहकहरूलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा फेब्रुवरी १४ को दिन निःशुल्क डिनरको अफर ल्याएको हो ।

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आइ सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप “ मो ब्याङ्क ”कारोबार गर्ने २० भाग्यमानी ग्राहकहरूले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग एप मो ब्याङ्क मार्फत कुनै पनि भुक्तानी जस्तै क्यू आर , बिजुली बिल भुत्तानी, मोवाइल टप अप लगायतका सेवाहरूमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने बैंकले जनाएको छ ।

साथै यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरूलाई फोनमार्फत जानकारी दिनेछ । बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु-याउने विश्वास लिएको छ । यस्ता अफरहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।

त्यतिमात्र नभएर बैंकले आम मानिसहरूको लागि थप नयाँ अफरहरू ल्याएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई विभिन्न क्यास ब्याक अफर नियमित रुपमा दिइरहेको जनाएको छ । एन आइ सी एशियाको मो ब्याङ्क मार्फत नमस्ते तथा एनसेलको टप अप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डट कम बाट सामान खरिद गर्दा १० प्रतिशत तथा ५०० सम्मको क्यास ब्याक, हरेक शुक्रबार ह्याप्पी आवर मा एपमार्फत भुक्तानी गर्दा अधिकतम १०० सम्म क्यास ब्याक र सामसुङ ग्यालेक्सी एस टेन प्लस तथा नोट टेन प्लस खरिद गर्दा अधिकतम ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo