ठाकुर ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

ठाकुर ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। २७ औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली  भएका हुन् । मंगलबार बसेकाे मन्त्रीपरिषदको बैठकले डिआइजी ज्ञवालीलाई आइजिपी बनाएकाे हाे।

आजकै मितिदेखि आइजिपी खनालसँगै तीन एआईजी र १८ डिआइजीले एकैपटक सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत डिआइजी ज्ञवालीले आइजिपीकाे जिम्मेवार पाएका हुन् । ३० वर्षे सेवाअवधिका कारण प्रहरी महानिरीक्षक खनालले अनिवार्य अवकाश पाएपछि डिआइजी ज्ञवाली आइजिपी बन्ने बाटो खुलेको हो ।

ज्ञवालीले २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।  उनले सेवाअवधिका कारण आउदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् । आइजिपी खनालसहितका २२ भाई २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् । यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डिआइजीमध्येबाटै आइजिपी नियुक्ति गर्न सकिनेछ । डिआइजीबाटै आइजिपी नियुक्त गर्दा डिआइजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन-परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिएको छ । नयाँ आइजीपीका लागि डीआइजीहरु तारिणी लम्साल र सूर्य उपाध्याय पनि प्रतिस्पर्धामा थिए। तर सरकारले वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने भएको हो।

Logo