दामनको पानोरमा रिसोर्ट तीन महिना बन्द गर्न सरकारको निर्देशन

दामनको पानोरमा रिसोर्ट तीन महिना बन्द गर्न सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकास्थित दामनको एभरेष्ट पानोरमा रिसोर्ट तीन महिनाका लागि बन्द गर्न सरकारले निर्देशन दिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि भन्दै पर्यटन मन्त्रालयले रिसोर्ट बन्द गर्न निर्देशन दिएको हो ।

आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य पत्ता लगाउन पर्यटन विभागले गठन गरेको छानबिन समितिले  रिसोर्टको स्तर वर्गीकरण र पर्याप्त पूर्वाधार नभएको जनाएको छ । साथै सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरी रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

दामनको एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका  दुई परिवारका ८ सदस्यको मृत्यु भएको थियो ।

यो पनि 

पानारोमा रिसोर्ट घटनामा क्षतिपूर्ति माग्दै मुख्यमन्त्रीले लेखे विदेशमन्त्रीलाई पत्र

पानोरमा रिसोर्ट घटनाको छानविन गर्न समिति गठन

पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ पर्यटकको मृत्यु (नामावलीसहित)

पानोरमा रिसोर्टमा ८ पर्यटक अचेत, कैलाश हेलिकप्टरबाट उद्धार (अपडेट)

Skip This
Skip This
Logo