दिल्लीको मतगणनामा आम आदमी पार्टीको अग्रता

दिल्लीको मतगणनामा आम आदमी पार्टीको अग्रता

केन्द्रबिन्दु
0
Shares

दिल्ली ।

भारतको नयाँ दिल्लीको विधानसभा निर्वाचनको मतगणना आज विहान ८ बजेदेखि सुरु भएको छ । मत गणनाको प्रारम्भिक नतिजा अनुसार सत्तारुढ दल आम आदमी पार्टीले अग्रता कायम गरेको छ ।

पछिल्लो अपडेट अनुसार आम आदमी पार्टीले ७० सिट मध्ये ५४ स्थानमा अग्रता बनाएको छ भने भारतीय जनता पार्टीले १५ स्थानमा अग्रता लिएको छ । यहाँ कांग्रेस आईले १ स्थानमा अग्रता लिएको भारतीय टेलिभिजन आजतकले जनाएको छ । फेब्रुअरी ८ मा विधानसभाका लागि निर्वाचन भएको थियो । यहाँ बहुमतका लागि ३६ सिट आवश्यक पर्छ।

यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा पनि आम आदमी पार्टीले ७० मध्ये ६७ सिटमा जित हात पारेको थियो भने बाँकी ३ सिट भाजपाले जितेको थियो।

Skip This
Skip This
Logo