काठमाडौं ।
करिब नौ महिनापछि खुल्ला भएको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा फारम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिक लगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।
विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् ।
गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको गुनासो गरे । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको बताउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुने गरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।
अर्का सेवाग्राही राजु थापा पुरै फारम भरेपछि कोटा फुल भएको सन्देश दिने प्रणालीप्रति आक्रोश पोख्छन् । ‘कोटा फुल भयो भने सुरुमा भन्नु पर्दैन ? फारम भरेर सब्मिट गर्ने बेला भन्ने हो ? सिस्टम बनाउँदा सामान्य दिमाग त लगाउनु नि,’ उनी आक्रोश पोख्छन् ।
माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फारम भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनु परेको छ । धेरै जनाले फारम भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फारम भर्ने साइट नै डाउन हुने गरेको छ । विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोक्नु परेको थियो । सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फारम भर्न पाएका छैनन् ।
विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडीएलआरइजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फारम बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिने विभागले जनाएको छ । विभागले कोटा भएको अवस्थामा मात्र फारम भर्न सकिने पनि जनाएको छ । तर, सेवाग्राहीले सहज रूपमा अनलाइन फारम भर्न पाएका छैनन् ।राजधानीबाट































प्रतिक्रिया