ललितपुर ।
पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने कामदार विजय चौधरी मृत फेला परेका छन् । ललितपूरको सानेपामा रहेको कार्कीको घरमै उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
कामदार झुण्डिएको अवस्थामा फेला परेका छन् भने कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । मुनाको बल्खुस्थित स्टार हस्पिटलमा उपचार भइरहेको छ ।
घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया