स्पेनिस ला लिगामा एथ्लेटिको बिल्वाओमाथि बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।
बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बिल्वाओमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।
इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गर्दै घरेलु टोलीलाई ३-२ को अवस्थामा ल्याए । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।































प्रतिक्रिया