काठमाडौं । अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेल घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियारकाे टोलीले उनलाई विभिन्न बहानामा डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस लिएकाे सूचनाका आधारमा गत शुक्रबार पक्राउ गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले पोख्रेललाई ३ हजार घूससहित पक्राउ गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धा आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले बताए ।





























प्रतिक्रिया