काठमाडौं : आज सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा छापावाला सुनको भाउ आइतबार प्रतितोला ४०० रुपैयाँले बढेर ७६ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ४०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ३०० रुपैयाँ थियो ।
यता, चाँदीको भाउ भने शुक्रबारको तुलनामा आइतबार ५ रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा आइपुगेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँ थियो । पछिल्ला दिनहरुमा सुन–चाँदी बजारमा उतारचढाव आउने क्रम जारी छ ।































प्रतिक्रिया