काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले माइतीघरमा प्रदर्शन गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरेको हाे ।
बालुवाटार जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनीयतापूर्ण तरिकाले संसदीय दलका उपनेतासमेत रहेका नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएको तर नेकपाका नेतालाई उन्मुक्ति दिएको विरुद्धमा बुधबार नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन गरेको हो ।
विरोध सभामा बोल्दै सहभागी राजकुमार उप्रेतीले भने– ‘कांग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सिद्धिन्छ । हामी गच्छादारलाई बचाउन आएका होइनौं । आफ्नोलाई बचाउन खोज्नेहरुको विरुद्धमा आएका हौं ।’
उनले थपे ‘हामी नेकपाले गरेको कार्यको भण्डाफोर गर्न चाहन्छौं । चरित्रहीन नेताहरुलाई कारबाही हुनुपर्छ, पूर्व प्रधानमन्त्री र नेकपा महासचिवलाई समेत कारबाही हुनुपर्छ ।’ नेवि संघ केन्द्रीय अध्यक्ष राजिब ढुङ्गानाले जनताहरुमा निराशा छाएका र प्रधानमन्त्रीले देशको न्यायाधिश हुन खोजेको बताए ।































प्रतिक्रिया