नेपालले गर्‍यो चीनलाई एक लाख थान मास्क सहयोग

नेपालले गर्‍यो चीनलाई एक लाख थान मास्क सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।

सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । चीनमा कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप उर्जा मिलेको समेत बताइन् ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

गएको डिसेम्बर ३१ देखि चीनबाट सुरु भएको कोरोना भाइरसबाट चीनमा मात्र हालसम्म ६३६ जनाको मृत्यु भइसकेको छ । यसबाट ३१ हजार १६१ जना संक्रमण भइसकेका छन् भने विश्वका २७ देशमा कोरोनाका संक्रमितहरु देखिएका छन् ।

Skip This
Skip This
Logo