बुटवल । "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

बुटवलमा ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

बुटवलमा ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

केन्द्रबिन्दु
२३ माघ २०७६, बिहीबार
0
Shares

बुटवल । बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ । बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहनुभएको छ । स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
 केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ मा केन्द्रबाट २१ हजार ४ सय ७३ र आव २०७५/७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा लिएको जनाइएको छ ।
यस्तै स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ । आव २०७४/७५ मा चार हजार ७ सय ४ ले सेवा लिएकोमा गत आव ०७५ /७६ मा वृद्धि भई नौ हजार ५ सय ९० सेवाग्राही पुगेको तथ्याङ्क रहेको छ ।
उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३ सय ३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ ।
गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ । सो कार्यक्रमअन्तर्गत आव २०७५/७६ मा ७२० लाभान्वित भएका छन् । आव २०७४÷७५ मा ७७० ले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार ३१३ ले सेवा लिएका छन् । सो कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न पग्ने गर्नुभएको छ । उहाँले केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको जानकारी दिए ।
चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३ सय ९५ रहेकोमा यस वर्ष ३२ प्रतिशतले वृद्धि भई ५ सय २३ पुगिसकेको छ । सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । उनले स्वास्थ्य केन्द्रमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने जानकारी दिए । रासस

प्रतिक्रिया

भर्खर

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

लेबनान–इजरायल युद्धविराम घोषणा

उत्तर कोरियाको आणविक दौड तीव्र, कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता

भन्सार छली गरेको आशंकामा ७७५ वटा गाडी नियन्त्रणमा

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu