मुस्ताङ । "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

मुस्ताङमा थकाली सामुदायिक घरवास सेवा अनलाइन बुकिङबाटै

मुस्ताङमा थकाली सामुदायिक घरवास सेवा अनलाइन बुकिङबाटै

केन्द्रबिन्दु
२३ माघ २०७६, बिहीबार
0
Shares

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए ।  ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उनले बताए । सदरमुकाम जोमसोमदेखि दुई किमि दक्षिणमा रहेको उक्त गाउँको आसपासमा थकाली सङ्ग्रहालय, ढुम्बा ताल, हिउँचितुवा गुफा, वर्षौं पुरानो कुछपतेरेङ्गा गुम्बा, यारु झो भिउपोइट, इको ग्रो स्याउ बगान, घरपझोङ किल्ला, संसारकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्ग, कैशाङ क्याम्प तथा दर्जनौँ पर्यटकीयस्थल रहेका छन् ।
स्थानीय १२ घरमा सञ्चालन गरिएको घरवासमा १ सय २० देखि १ सय ५० जनालाई खान र बस्नको प्रबन्ध गर्न सकिने बताइएको छ । पाहुनालाई मागबमोजिम थकाली नृत्यलगायतका स्थानीय परम्परागत संस्कृति हेर्न सकिने व्यवस्था मिलाइएको थकाली सामुदायिक घरवासका सचिव जुमा थकालीले जानकारी दिए ।  थकाली जातिको कलासंस्कृति र जीवनशैली झल्किने सो गाउँमा घरवास सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
गाउँका पर्यटकीयस्थलको अवलोकन गर्न आउने पर्यटकले खाने र बस्ने व्यवस्थाकै कारण दुःख पाउने गरेकाले अनलाइनबाटै घरवास बुकिङ गर्ने प्रबन्ध मिलाइएको स्थानीय बुद्धिजीवी दिनेश थकालीले बताए ।  डब्लुडब्लुडब्लु डट ठिनी डट ओआरजी नामक वेबसाइटमार्फत पर्यटकले पर्यटकको सङ्ख्या, बस्ने दिन र खर्चको अवस्थाका बारेमा जानकारी लिनसक्ने छन् । थकाली सामुदायिक घरवासका लागि प्रदेश सरकार, घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले घरवासलाई अनुदान, तालीम प्रदान गरेको थियो ।
ग्रामीण बस्ती, हिमाली संस्कृतिको अध्ययन, प्राकृतिक सौन्दर्य, रमणीय दृष्य र अनुभवको लागि घरवासमा पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । घरवास सञ्चालनमा आएपछि पितृ श्राद्धका लागि प्रख्यात कागबेनी, हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र धार्मिकस्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ, कोरला नाका पुग्ने पर्यटकलाई सहज भएको बताइएको छ ।  रासस

प्रतिक्रिया

भर्खर

मलेसियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

कानुन बने पनि विभेद र हिंसाको अवशेष बाँकी छ – मन्त्री वादी

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu