अमेरिकी सिनेटद्वारा राष्ट्रपति ट्रम्पलाई सफाइ

अमेरिकी सिनेटद्वारा राष्ट्रपति ट्रम्पलाई सफाइ

केन्द्रबिन्दु
0
Shares

अमेरिका ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्ने गरी उन्मुक्ति पाएका हुन्।

बीबीसीका अनुसार शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२, ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३,४७ मत पाएका थिए।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन् । रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक थियो । बुधबारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो ।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo