चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्योे

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्योे

केन्द्रबिन्दु
0
Shares

बेइजिङ ।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ५ सय पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरसले चीनमा मात्र २० हजार भन्दा वढी संक्रमित भएका छन् भने विश्वका २४ मुलुकमा देखा परेको छ ।

चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छोडेको छैन । चीन सरकारले उहानसमेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गत बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन्

चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए ।

Skip This
Skip This
Logo