आकासमा उडिरहेको कतार एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छन् । आकासमै प्रसुती व्यथाले च्यापेपछि विमानलाई कोलकातामा आकस्मिक अवतरण गराइएको छ।
दोहाबाट बैंककका लागि उडेको विमानमा सवार एक थाई महिलाले मङ्गलबार बिहान ३:०९ बजे बच्चा जन्माएकी हुन् । विमानमै बच्चा जन्मिएकोमा कतार एयरवेजले खुसी व्यक्त गरेको छ ।

महिला र बच्चा दुबैलाई कोलकातास्थित अस्पतालमा भर्ना गरिएको छ। आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।































प्रतिक्रिया