काठमाडौं ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु भएको छ । बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धीत प्रतिवेदनहरु पेश हुने कार्यसूची राखिएको छ ।
आजको बैठकमा सांसदहरूले कोरोना भाइरसबाट आफ्ना नागरिकलाई बचाउनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले कोरोना भाइरसको प्रकोपबाट जोगाउन सरकारबाट भइरहेको तयारीबारे संसदलाई जानकारी गराउन माग गरे । उनले चीनमा देखिएको कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने चिन्ता गर्दै सतर्कताका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
आजको बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यस्तै बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । खतिवडाले नै सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६” पनि प्रस्तुत गर्दैछन् ।
त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।































प्रतिक्रिया