सुन–चाँदीको मूल्य घट्यो

सुन–चाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाला सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले घटेर ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँ ले नै घटेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलाको ८ सय ९० रुपैयाँ रहेको चाँदीको भाउ मंगलबार १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यावसायी महासंघले बताएको छ ।

Skip This
Skip This
Logo