माघ २३ मा सातौं मोटर र्‍याली हुँदै

माघ २३ मा सातौं मोटर र्‍याली हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केजीएच फाउण्डेसन र रोटरी क्लब अफ बागमती काठमाडौंले मोटर र्‍याली २०२० आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा नेपालको आन्तरिक पर्यटन प्रबर्धन गर्ने र क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यसहित सो कार्यक्रम आयोजित हुन लागेको हो ।

माघ २३ गते बिहिबारका दिन हुने सातौं ‘द अमाइजिङ् मोटर र्‍याली २०२०, काठमाडौं–पोखरा’ नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपबाट बिहान ७ः३० बजेबाट तोकिएका रुटहरु भएर सो दिन साँझ पोखरा पुगि समापन हुनेछ ।

नेपालको पर्यटन प्रबर्धनमा आन्तरिक पर्यटनको पनि अति नै महत्वपूर्ण योगदान रहने हुँदा सोको प्रबर्धन गर्ने प्रमुख लक्ष्य यस वर्षको ‘द अमाइजिङ् मोटर ¥याली २०२०’ रहेको छ । पोखरा एउटा नेपालकै प्रमुख गन्तब्यको रुपमा रहेको र साथै यहाँबाट बिभिन्न सहासिक खेलहरु तथा पदयात्रा गर्नको लागि पनि उपयुक्त शहर रहेको छ ।

त्यस्तै क्यान्सर रोगको नियन्त्रणमा जनचेतनाको ज्यादै नै महत्वपूर्ण भुमिका रहने हुन्छ । “सुरुमा उपचार गरे क्यान्सर रोग पूर्ण निको हुन सक्छ” भन्ने कुरालाई जनमानसमा जनचेतना जगाउने साथै हामी प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सके क्यान्सर जस्तो भयावह मानिने रोग माथि बिजय हासिल गर्न सकिन्छ भन्ने नारा यस वर्षको ¥यालीको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ ।

‘द अमाइजिङ् मोटर र्‍याली’मा उक्त उद्देश्यका साथ साथै ‘सेफ ड्राइभिङ अन हाईवे’लाई पनि महत्वपूर्ण रुपमा लिइएको छ । ट्राफिक नियमहरुलाई पूर्ण पालना गरि निश्चित बाटो र ठाउँ अनुसार निर्धारित गतिमा मात्र गाडी चलाउन पाउने छन् । साथै अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा कायम गरिएको छ । यो मोटर र्‍यालीको समय, दुरी र गतिको आधारमा तय गरि बाटोमा बिभिन्न जनचेतना मुलक टास्कहरु गर्दै गन्तब्यमा पुगिने प्रतियोगिता हो । द्रुत गतिमा चलाए स्वत प्रतियोगिताबाट बाहिरिनेछ । गति मापनको लागि प्रत्येक गाडीमा ट्राकर जडान गरिने छ ।
सहभागिताका लागि १२ हजार शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo