“फेसबुक र युट्युवसँग कारोबार नै नगर्नु भनेको होइन”- गुणाकर भट्ट (प्रवक्ता, नेपाल राष्ट्र बैंक)

“फेसबुक र युट्युवसँग कारोबार नै नगर्नु भनेको होइन”- गुणाकर भट्ट (प्रवक्ता, नेपाल राष्ट्र बैंक)

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट कारोबार गर्दा विदेशी विनिमय अपचलन हुने भन्दै सूचना प्रकाशन भएसँगै सर्वसाधारणमा अन्योलता छाएको छ । तर, नेपाल राष्ट्र बैंकले भने पद्धति र प्रणालीभित्र रहेर कारोबार गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सूचना प्रकाशन गरिएको बताएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युवजस्ता माध्यममा विज्ञापन गर्न र आम्दानी गर्न रोक्ने नभएर औपचारिक माध्यमबाट कारोबार गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्  । यो व्यवस्थासँगै अब कुनैपनि नेपालीले विदेशी सेवा खरिद गर्दा नेपाली बैंकको माध्यमबाट शुल्क तिर्नुपर्ने भएको छ । प्रस्तुत छ, यसै विषयमा प्रवक्ता भट्टसँग विवश कुलुङले गरेको कुराकानी:

१. नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको सामाजिक सञ्जाल सम्बन्धी सूचनाको आलोचना भइरहेको छ, यथार्थ के हो ? 

सामाजिक सञ्जालहरु मार्फत विभिन्न प्रकारका विज्ञापनहरु भइरहेका छन् । त्यो विज्ञापन हुने कुरा स्वाभाविक पनि हो । तर विज्ञापन हुने क्रममा जुन भुक्तानी हुन्छ, त्यो अनौपचारिक माध्यमबाट बुझिए पनि राष्ट्र बैंकले त्यस प्रकारको भुक्तानीलाई औपचारिक माध्यममा ल्याउनुपर्छ, बैंकिङ प्बारणालीबाट हुनुपर्छ । त्यसरी बैंकिङ प्रणालीबाट भुक्तानी हुँदा त्यसको तथ्याङ्क पनि हामी व्यवस्थित गर्न सक्छौ ।

नेपालबाट सामाजिक सञ्जालमा विज्ञापन गर्दा कति पैसा जान्छ र बाहिरबाट हामी कति आम्दानी गछौं ? भन्ने तथ्यांकीय पद्दति व्यवस्थापन गर्नका लागि पनि महत्वपूर्ण हुन्छ । हामीकहाँ रेमिट्यान्सवापत आर्जन गरेको रकम तथा विभिन्न माध्यमबाट आर्जन गरेको रकम अनौपचारिक माध्यममा जाने र त्यसले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी हुने अवस्था भयो भने त्यसले असर गर्ने भएकोले यसको निरुत्साहन गर्दै औपचारिक माध्यममा आउन प्रोत्साहन गर्न सूचना जारी गरेको हो ।

२. नेपाली कार्डबाट विदेशमा भुक्तानी गर्ने सुबिधा पनि छैन । अब गर्ने के त ?

अहिले विभिन्न प्रकारले अनौपचारिक भुक्तानी भइरहेका छन् । जस्तै कसैले विदेशमा बसिरहेको हुन्छ, उसले रेमिट्यान्सको पैसा नेपाल पठाउथ्यो तर कसैले यहाँ विज्ञापन गर्ने व्यक्तिले तिमीले पैसा पठाउनु पर्दैन, हामी तिम्रो घरपरिवारलाई भुक्तानी गर्छाै तिमीले त्यतै भुक्तानी गरिदिनु भन्यो अनौपचारिक माध्यमको प्रयोग भएको पाइन्छ ।

हामीले गर्न खोजेको के हो भने, नेपालीले कमाएको रकम र तिरेको रकम पनि सिस्टममा आउनुपर्छ । त्यो भयो भने नेपालीले पठाएको पैसा र नेपाल भित्रिएको रकम पनि आँकडा देखिन्छ र त्यसअनुसार व्यवस्थित गर्न सक्छौ र बैंकिङ प्रणलीबाट दिन सक्छौं । विदेशी बजारमा अनौपचारिक माध्यमबाट अनौपचारिक बजारको प्रोत्साहन गरिरहेको हुन्छ । त्यसैले अनौपचारिक माध्यमलाई नियमन गर्नैपर्छ ।

त्यसलाई नियमकीय दायरामा ल्याउनुपर्छ । त्यो दायरामा ल्याउदा सबैको हितमा हुन्छ । त्यो गर्दा भुक्तानी गर्न नपाउने होईन । अहिले पनि अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘करेन्ट एकाउन्ट कन्भर्ट’को व्यवस्था छ । जस अन्तर्गत अहिले पनि विभिन्न प्रकारका कारोबार गर्न हामीले दिइरहेका हुन्छौं । त्यसैले त्यसरी नै झुक्तानी हुन्छ, भोलि पनि त्यसरी नै बैंकिङ प्रणालीबाट हुन्छ भने कुनै आपत्ति हुँदैन । चालु आर्थिक वर्षभित्र नेपाली कार्डमार्फत विदेशमा भुक्तानी गर्ने व्यवस्था मिलाउँदै छौं ।

३. विदेशी विनिमय अपचलन गरेको ठहर भए के कस्तो कारवाही हुन्छ ?

त्यस्तो गरेको पाइए विदेशी विनिमय अपचलन कानून अनुसार कारवाही हुन्छ ।  तर, हाम्रो उद्धेश्य कारवाही भन्दा पनि प्रोत्साहन गर्नु हो ।

४. डिजिटल माध्यमलाई करको दायरामा ल्याउन ‘इक्वीलाइजेशन लेभी’ को व्यवस्था नेपालमा हुन नसक्दा अपचलन भन्न मिल्छ र ?

हामी डिजिटल अर्थतन्त्रको अभ्यासमा छौं । त्यसैले नीति नियम बनाउने, बनेका नियमलाई समयानुकुल बनाउने क्रममा छौं । यस विषयमा पनि छलफल गरेर निस्कर्षमा पुग्छौं ।

५. सामाजिक सञ्जालबाट धेरैले रोजगारी पाइरहेका बेला राष्ट्र बैंकले रोजगारी खोस्यो भन्ने धेरै आलोचना छ नि ?

हामीले रोजगारी खोस्न लागेका होइनौं प्रवर्द्धन गर्न लागेका हौं । औपचारिक माध्यमबाट कारोबार हुँदा रोजगारी झन् बढ्छ ।

यो पनि 

Logo