प्रदेश नं २ : महोत्तरीका नब्बे छात्राले पाए साइकल

प्रदेश नं २ : महोत्तरीका नब्बे छात्राले पाए साइकल

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा २० लाख पुर्‍याउने योजना प्रदेश सरकारको रहेको बताएका छन्।

महोत्तरीको सोनमा गाउँपालिकामा आइतबार आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पुर्‍याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको बताए।

सोनमा गाउँपालिका–२ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० छात्रालाई मुख्यमन्त्री राउतले जनही एक थानका दरले साइकल वितरण गरे । पूर्वमन्त्री राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य कौशलकुमार यादव, वडाध्यक्षलगायत जनप्रतिनिधि एवं शिक्षासँग सम्बन्धित सरोकारवाला निकायको उपस्थित थियो ।
रासस

Skip This
Skip This
Logo