देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव

देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरू गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन ।

तथ्यांक अनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ। मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरूपमा अपुग भएको शिक्षकको संख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो।

मन्त्रालयले दरबन्दी पुनर्वितरण कार्यविधि–०७६ पास भएसँंगै मन्त्रालय शिक्षक पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र शिक्षक सेवा आयोग स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी गरेको छ। केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले पुनर्वितरण प्रक्रिया सकेपछि स्थानीय तहको सहयोगमा आवश्यक पर्ने शिक्षक व्यवस्थापन गर्ने गरी तयारी भएको जानकारी दिए।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo