बिल गेट्सकी छोरीको ‘इंगेजमेन्ट’

बिल गेट्सकी छोरीको ‘इंगेजमेन्ट’

केन्द्रबिन्दु
0
Shares

काठमाडौंं।  अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन्।

माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको सिएनएनले जनाएको छ। जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन्। नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्।

जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ।

जेनिफरले नायालसँगको फोटो राख्दै मायालु सन्देश पनि लेखेकी छन्- ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु’।

Skip This
Skip This
Logo