गोरखा ।
टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयवासीहरुले गोरखामा २० वटा टिपर र ६ वटा स्काभेटरमा आगजनी र तोडफोड गरेका छन् ।
गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिंदा सोहि ठाउँ बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएपछि स्थानियवासीले तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट दुध बेच्न हिँडेकी तामाङलाई आज बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले ठक्कर दिएको थियो । तामाङको मृत्यु भएपछि आक्रोसित भीडले उक्त टिपरमा आगजनी गर्दै क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् ।































प्रतिक्रिया