मुलुकलाई पछाडि धकेलिने काम भयो : कांग्रेस नेता थापा

मुलुकलाई पछाडि धकेलिने काम भयो : कांग्रेस नेता थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको आरोप लगाएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाए । बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनु पर्नेमा त्यस विपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरेका थिए ।
रासस

Skip This
Skip This
Logo