काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् ।
बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताएका हुन् । उनले भने ‘यसलाई कसरी जीवन्त बनाउने छलफल भएर राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ । यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरीय छलफल भयो भने स्तरीय रिपोर्टीङ गर्नुपर्यो ।’
त्यस्तै सभामुख सापकोटाले आफू डबल स्ट्याण्ड नहुने र पत्रकारहरूसँग सहयात्रा गर्न तयार रहेको बताए। उनले आफूले सम्झौता गरेपनि सम्झौतावादी नहुने प्रस्ट समेत पारे । उनले प्रतिनिधिसभामा लवी रिपोर्टीङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । यो व्यवस्था भएपछि पत्रकारहरुले संसद चलेको अवस्थामा सांसदहरु बसेको स्थानमा बसेर रिपोर्टीङ गर्न सक्नेछन् । लवी रिपोर्टीङ भनेकै संसद बैठक चलिरहँदा पनि सांसदहरु बसेको स्थानमै बसेर गरिने रिपोर्टीङ हो । यो व्यवस्था अहिलेसम्म नेपालमा छैन ।































प्रतिक्रिया