- जितेन्द्र रसिक
काठमाडौं ।
‘जीवित कुमारी’ नेपालको संस्कृति मात्रै होइन पहिचान पनि हो । पछिल्लो समय कुमारीको क्रेज पनि बढ्दो छ । तर कस्तो मान्छेलाई कुमारी बनाइन्छ ? कसरी बनाइन्छ ? कुमारी बन्न के के गुण चाहिन्छ र कुमारीको बिदाइ कसरी हुन्छ ? भन्ने आम जिज्ञासा छ । अहिलेसम्म थुप्रै चेलीहरु कुमारी बनेर बिदा भइसकेका छन् । तर, आज हामी एक जना कुमारीको बारेमा यो सामाग्री प्रस्तुत गर्दैछौं , जो निरन्तर ३२ वर्ष सरकारी कुमारी बनिन् । अझ रोचक त के छ भने उनी अहिले ७१ वर्षकी भइन् तर अझै कुमारी नै छिन् ।
उनी हुन् ललितपुर पाटनकी ७१ वर्षीया धन कुमारी बज्राचार्य । उनी अन्य कुमारीभन्दा फरक छिन् । उनी फरक हुनु पछाडिका कारण सुनेपछि कतिले त्यसलाई अप्राकृतिक मान्लान्, कतिले अपवाद पनि मान्लान् तर श्रद्धाको चस्माले हेर्दा उनी अलौकिक एवं दैवी शक्तियुक्त देखिन्छिन् ।
चार वर्षको उमेरमा कुमारी बनेकी बज्राचार्यले निरन्तर ६७ वर्ष कुमारी जीवन व्यतीत गर्दै आएकी छिन् । कुमारीको परम्परा उपत्यकाका तीन सहर भक्तपुर, ललितपुर र काठमाडौँमा छ । जीवित देवीका रूपमा कुमारीलाई पुज्ने परम्परा अनुसार कुमारी बनेकी बालिका महिनावारी हुने समय भएपछि नयाँ कुमारी प्रतिस्थापन गरिन्छ । तर धनकुमारी यो परम्पराभित्र अपवादका रुपमा निस्किइन् । हेरौं यो भिडियोमा :































प्रतिक्रिया