रुपन्देही । रुपन्देहीकाे सिध्दार्थनगरमा बोराले किचेर एकै परिवारका चार जना भारतीयको मृत्यु भएकाे छ ।
बोराको थुप्रोले किच्दा भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराकाे थुप्राेले थिचेको अवस्थामा उनीहरूलाई बिहान मृत फेला पारिएको थियो ।
घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरूमाथि बोरा खस्दा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।































प्रतिक्रिया