काठमाडौं । आज सुनकाे मूल्य ७ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार ३ सय रुपैयाँ कायम भएका हाे ।
निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही समय ओरालो लागेर पुन: उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो।





























प्रतिक्रिया