बुर्किनमा भएको नरसंहारका क्रममा ३९ जना मारिए

बुर्किनमा भएको नरसंहारका क्रममा ३९ जना मारिए

केन्द्रबिन्दु
0
Shares

बुर्किन फासो ।
बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । “सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएका छन् । उनीहरुले नै ३९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेका थिए,” सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्डजीनौद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

देशको उत्तरी सौम प्रान्तमा गत शनिबार घटना भएको बताइएको छ । घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ । आक्रमणकारीहरुले गाउँका पुरुषहरुलाई छोपीछोपी हत्या गरेको र महिलाहरुलाई गाउँ छाड्न आदेश दिएको स्थानीयवासीले बताएका छन् । उनीहरुले ५० भन्दा बढी मारिएको बताएका छन् ।

घटना हुने वित्तिकै सुरक्षाकर्मीहरु गाउँमा पस्न पनि सकेका थिएनन् । आक्रमणकारीहरुको अवरोधका कारण उनीहरु पुग्न नसकेको बताइएको छ ।

जिहादीहरुका कारण बुर्किन फासोमा अहिलेसम्म ८०० भन्दा बढी नागरिकको हत्या भएको छ भने ६ लाख भन्दा बढी विस्थापित भएका छन् । फुर्किन फासोमा सन् २०१५ देखि जिहादीहरुले हिंसा शुरु गरेका हुन् ।
रासस

Skip This
Skip This
Logo