नवलपुरको समृद्धिका लागि योजना छ : कांग्रेस नेता कोइराला

नवलपुरको समृद्धिका लागि योजना छ : कांग्रेस नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

नवलपुर ।

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताएका छन् । जिल्ला उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्वको आयोजनामा विहिबारदेखि नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको विकासका लागि योजनाबद्ध रुपमा तीन वटा काम अगाडि बढाउने बताए।

कोइरालाले नवलपुरमा सबै प्रकारका खेल खेल्न मिल्नेगरि खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए । देशकै केन्द्र भागमा पर्ने यस जिल्लामा खेलकूदको गतिविधि बढाउन सकेमा खेल पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कोइरालाले खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए ।

“काठमाडौँमा मात्रै भएको ट्रमा सेन्टरलाई नवलपुरमासमेत विस्तार गर्नेगरि योजना बनाएको छु” कोइरालाले भने, “मेरो यो योजनामा सरकारले समेत साथ दिँदै दुर्घटनाबाट हुने घाइतेको शीघ्र उपचारका लागि सहयोग गर्नुपर्छ ।” नारायणी नदी किनार हुँदै त्रिवेणीसम्म वैकल्पिक राजमार्गको समेत आवश्यकता रहेको कोइरालाले औँल्याए ।

जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको आयोजनामा शुरु भएको महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक घर एवं औद्योगिक तथा व्यवसायीक गरी ३५० भन्दा बढी स्टल राखिएका छन् । उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनका अनुसार नवलपुरलाई औद्योगिक केन्द्रको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारबाट २० करोड प्राप्त भएको छ । सो रकमबाट कावासोती नगरपालिकामा पर्ने लोकाहा खोला नजिक ५०० बिघा जग्गा व्यवस्थापन गर्दै औद्योगिक केन्द्रको रुपमा गर्ने तयारी भइरहेको भट्टचनले बताए ।
रासस

Skip This
Skip This
Logo