काठमाडौं । स्वास्थ्य मन्त्रालयले मौसममा वायु प्रदूषण बढेको भन्दै केही दिन मर्निङ वाक नगर्न आग्रह गरेको छ ।
“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”
१. मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ ।
२. फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौँ, नगराऔँ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।
३. घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ, गराऔँ ।
४. धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गरौँ, गराऔँ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय, निर्माण कार्यहरु सुचारु गर्दा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गरौँ, गराऔँ ।
५. अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔँ ।































प्रतिक्रिया