वासिङ्टन ।
कोरोना भाइरसका कारण अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट चीनमा मात्रै एक सय ६ जनाको मृत्यु भइसकेको छ । साथै ४ हजार भन्दा धेरै संक्रमित भएको बताइएको छ ।
चिनियाँ नयाँ वर्षको उमंग छाइरहँदा कोरोना भाइरसले चीनमा गम्भीर अवस्था निम्त्याएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई आवस्यक परेको वस्तु उपलब्ध गराउने पति प्रतिवद्धता व्यक्त गरेका छन् ।
चीनलाई आवस्यक परेको जे सुकै आफूहरुले सहयोग गर्न तयार रहेको उनले जनाएका हुन् । यसै क्रममा उनले चीन भ्रमण गर्न खोजेका अमेरिकी नागरिकलाई पुनर्विचार गर्न आग्रह गरे । क्यानडाले भने दुईजनामा संक्रमण देखिएपछि उच्च सतर्कता अपनाएको छ ।
भाइरसकै संकटका कारण उपाय निकाल्ने बारे अमेरिकास्थित चिनियाँ राजदूतले संयुक्त राष्ट्रसंघीय महासचिवसँग भेट गरेका थिए । चीनको वुहानबाट सुरु कोरोना भाइरस विश्वका विभिन्न मुलुकमा फैलिसकेको छ । श्रीलंका, क्यानडा लगायत मुलुकमा नयाँ बिरामी भेटिएका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया