भरत खवासको गोलसँगै आर्मी शीर्षस्थानमा उक्लियो

भरत खवासको गोलसँगै आर्मी शीर्षस्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले  कप्तान भरत खवासको निर्णायक गोलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ ।  जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलकाे ७४ ‍औं मिनेटमा कप्तान भरत खवासकाे गोलमा आर्मीले खेलमा अग्रता बनायो । टेक बहादुर बुढाथोकीको पासमा भरतको हाफ भली प्रहार टप कर्नरमा उत्कृष्ट गोलमा परिणत भएको थियो ।

यस जितसँगै आर्मीले ९ खेलमा २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ । जावलाखेल १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

यो पनि

कोटेश्वरको जाम : गेम, ज्ञान, हाम, काम एकै ठाम !

Skip This
Skip This
Logo