आइएसटि कलेजको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

आइएसटि कलेजको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रिया र इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (आइएसटि ) को संयुक्त आयोजनामा दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौको होटल र्‍याडिसनमा १३ औ दीक्षान्त समारोह भव्य कार्यक्रमबीच सम्पन्न भयो ।

विश्व बिद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त दीक्षान्त समारोमा स्वीजरल्याण्डको युनिभर्सिटी अफ एप्लाइड साइन्स एण्ड आर्टसकी अध्यक्ष प्रा.डा. उर्सुला रेनोर्ड, काठमाडौ विश्वविद्यालयका डिन डा विजय के.सी., लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन प्रा.डा. मानिक रत्न शाक्य, साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकर लगायत सरकारी र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्टका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्यले स्वागत मन्तव्य राख्दै सबै सहभागिलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी तथा अतिथिहरुले दीक्षीत विद्यार्थीहरुलाई शुभकामना मन्तव्य तथा हौसला प्रदान गरेका थिए ।

साथै कार्यक्रममा साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकरले दीक्षीत बिद्यार्थीहरुलाई सपथ ग्रहण गराएका थिइन् । कार्यक्रममा १२५ विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र र साल्जबर्ग विश्वविद्यालयका डिनबाट विश्वबिद्यालयको व्याच बितरण भएको थियो । परीक्षामा सर्बोकृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल र प्रिन्सिपल सम्झना बस्न्यातले पुरस्कार वितरण गरेका थिए ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

 

 

Skip This
Skip This
Logo