अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ट्याक्सी व्यवसायीहरुको सहयोग (भिडियोसहित)

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ट्याक्सी व्यवसायीहरुको सहयोग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई
    काठमाडौं ।

जनस्तरबाट निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि सोमबार एक कार्यक्रम आयोजना गरिएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज लालीगुराँस ट्याक्सी प्रा.लिद्वारा कार्यक्रम आयोजना गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ‘सेन्टी भाइरस’ चलचित्रको पोस्टर ट्याक्सीमा टाँसेर औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । आगामी फागुन ९ गते चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउँदैछ ।

डिन्डु लामा ह्योल्मोको निर्माण तथा रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र हो ‘सेन्टी भाइरस’ । यस चलचित्रको २० प्रतिशत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने बताइएको छ । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली) बुद्धि तामाङ, विल्सन विक्रम राईको मूख्य भूमिका रहेको छ ।

चलचित्र ‘सेन्टी भाइरस’ को प्रचार प्रसारबाट क्रिकेट रंगाशालालाई सहयोग गर्ने उद्देश्यले उपत्यकाभित्र रहेका ११ हजार ३ सय ८५ ट्याक्सी र २३ हजार चालकहरु अगाडि बढेका छन् । सरकारले गर्न नसकेको काम कलाकारले गर्न लागेको र यसमा सहयोग गर्नु पर्छ भनेर हामी सबै चालकहरु एकजुट भई आआफ्नो ट्याक्सीमा चलचित्रको पोस्टर टाँसेर प्रचारप्रसार गर्दै दर्शक माझ पु¥याउने उपत्यका ट्याक्सी व्यवसाय समाजका अध्यक्ष प्रेम तामाङले बताए ।

आजको कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष, कलाकार सिताराम कट्टेल (धुर्मुस), साथै कलाकार बुद्धि तामाङको पनि उपस्थिती रहेको थियो । बुद्धि तामाङले ‘मनोरञ्जन सँगै समाजसेवा हुने राम्रो कामको अभियान सुरु भएको र यसरी नै नेपाली चलचित्रलाई माया गर्दिन अनुरोध गरे ।’

‘यो अभियान्ताको लागि एक अभियान हो । यो कार्य देशको प्रतिष्ठा पनि हो । विगत ६ वर्षदेखि निरन्तर कलाकारितासँगै समाजसेवामा आफू लागि परेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हाल ३ सय ४३ अभियान्ताहरु खटिएका छन् । सकारात्मक सोच राखे देश समृद्ध र समाज परिवर्तन सम्भव छ । साथै यस अभियानमा रकम ठूलो होईन तपाईहरुको सहभागिता ठूलो हो र यस अभियानमा ट्याक्सीमा मात्र नभई ट्रक, बस, माइक्रो, जस्ता ५० हजार भन्दा धेरै गाडीहरुमा चलचित्रको पोस्टर टाँसेर अभियान सफल बनाउने’ सिताराम कट्टेलले बताए । हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo