आज काठमाडौंका केहि भागमा विद्युत बन्द हुने

आज काठमाडौंका केहि भागमा विद्युत बन्द हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज काठमाडौं उपत्यकाका केहि भागमा विद्युतसेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आज ९ घण्टा बत्ति नआउने भएको हो । धापासी फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो ।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बसुन्धरा, सामाखुसी चोक, रानीबारी , गोंगबु चोक, टोखा र ग्राण्डी अस्पताल आसपास क्षेत्रमा विद्युत आपूर्ति अवरोध हुने प्राधिकरणले जनाएको हो ।

चक्रपथ विस्तारको क्रममा सडक आसपासका रुखहरु काटिन लागेकाले विद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo