नेकपा केन्द्रीय समिति बैठक १५ माघमा

नेकपा केन्द्रीय समिति बैठक १५ माघमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ । विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । ‘अब केन्द्रीय समिति बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ’, केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त) ले बताए ।

गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो । एकतापछि केन्द्रीय समिति जम्बो (४४१ सदस्य) बनेको नेकपाको अब हुने उक्त बैठकमा आमन्त्रित नेतासहित २४३ जना नेता सहभागी हुनेछन् ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न असहज हुने भएपछि उक्त बैठक राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । पार्टीले पाँच दिनका लागि सभागृह बुकिङ गरिसकेको कार्यालय सचिव ढकालले बताए । ‘बैठकका लागि बुकिङ गरिसकेका छौं, अन्य आवश्यक तयारी पनि सोमबारभित्र सक्छौं’, ढकालले भने । महासचिव विष्णु पौडेल र कार्यालय सचिवद्वय ढकाल र ईश्वर रिजालले आइतबार सभागृह पुगेर बैठक कक्षदेखि सभागृहमा गर्नुपर्ने अन्य तयारीका बारेमा जानकारीसमेत लिएका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo