सभामुख चयन गर्ने प्रतिनिधिसभा बैठक सुरु

सभामुख चयन गर्ने प्रतिनिधिसभा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजकाे बैठक जेष्ठ सदस्यकाे हैसियतमा राजपा नेता लक्ष्मणलाल कर्णले गरेका छन् । आजको बैठकले सभामुख चयनको प्रक्रिया अगाडि बढाउने छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र मनोनयन परेको छ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध निर्वाचित हुनेछन्। यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । हाल महरा पुर्पक्षका लागि थुनामा छन् । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

 

Logo