भारतको गणतन्त्र दिवसमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

भारतको गणतन्त्र दिवसमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफा मुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । दुतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासमा भएको एक कार्यक्रमका बीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरिएको छ ।

दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो । कार्यबाहक राजदूत डा.अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे । कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ । दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि थिए ।

Skip This
Skip This
Logo