काठमाडौं : प्रस्तावित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाइ ‘हेर्न नमिल्ने’ मा परेपछि सभामुख हुने निश्चित भएको छ। सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा सभामुख बन्ने निश्चित भएको हो।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।
सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सवोच्वमा विचाराधीन छ। सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ। आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि करिब ४ महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ।































प्रतिक्रिया