भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन्। उनको घरबाट सुसाइड नोट पनि भेटिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
सेजल शर्मा अन्तिम पटक स्टार प्लस सीरियल ‘दिल तो खुशी है जी’ मा देखिएकी थिइन्। प्रहरी निरीक्षक सन्दीप कदमका अनुसार आत्महत्या नाेटमा व्यक्तिगत कारणले आत्महत्या गर्ने कुरा लेखिएको छ। साथै उनी डिप्रेसनमा रहेको बताइएको छ ।
‘दिल तो हैप्पी है जी’ सेजल शर्माको पहिलो टिभी सिरियल थियो भने सेजल शर्माले भेभो र उषा फ्यान जस्ता ब्रान्डको विज्ञापनमा काम गरेकी थिइन। यस बाहेक, सेजल शर्माले आजाद परिंदे नामको वेव श्रृंखलामा पनि काम गरिसकेका छन्।





























प्रतिक्रिया