उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन सक्दैन : राज्यमन्त्री दुगड

उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन सक्दैन : राज्यमन्त्री दुगड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

उनले ‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन् । उनले भने, ‘उद्यमी व्यवसायीहरु जवसम्म समृद्ध हुन सक्दैनन्, जवसम्म उनीहरु सुखि हुँदैनन, जव उनीहरुलाई आफ्नो काम प्रति सन्तोष हुँदैन तवसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुनु प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुन प¥यो अनि मात्रै देश समृद्ध हुन्छ ।’

उनले आफू उद्यमीसमेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताए । त्यसका लागि मन्त्रालयमा एकद्वार प्रणालीमार्फत काम भइरहेको उनले बताए । उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे । उनले महिला उद्यमीहरुका लागि छुट्टै व्यवस्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताए । उनले भने ‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन, २ वटा भैंसि पालेर मुलुकको समृद्धि हुने वाला छैन ।’ उनले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा विक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताए । उनले भने ‘अहिले हामीले के गरिराखेका छौं बैंकबाट ठुलो ठुलो कर्जा रिफाइनान्स दिइरहेका छौं अनि व्यापारिहरुले के गरिरहनुहुन्छ म कृषि गर्छु भनेर जग्गा किन्नुहुन्छ ५ विगाहा, १० विगाहा, २० विगाहा, ४० विगाहा, ५० विगाहा, १०० विगाहा, २०० विगाहा जग्गा किनेर राखि छोडनुहुन्छ , धान रोपेको छ , त्यसरी कृषिमा परिवर्तन आउने वाला छैन त्यहाँ आधुनिक खेती हुनुप¥यो , उन्नत खेती हुनुप¥यो उन्नत जातको बिउ बिजन हुनुप¥यो त्यो कुराहरु हामीले गर्न सकिरहेका छैनौं अनि खेत किनेर राख्नुहुन्छ ५ वर्षपछि १० वर्षपछि डबल दाममा बेचेर मालामाल कमाइ हाल्नुहुन्छ ।’

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिए । उनले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गरे । उनले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताए । उनले महासंघले महिलाहरुलाई सहज होस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताए ।

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझ बढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए ।

Skip This
Skip This
Logo