एकै दिन ११ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

एकै दिन ११ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज ११ यसले बढेको हो । यस हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो ।

गत हप्ता शुक्रबार तोलामा ४ सय रुपैंयाँले बढेको सुन आइतबार स्थिर रहेको थियो । विहिबार सुन ९४ हजार १०० रुपैंयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ९६ हजार ४०० रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । १० रुपैंयाँले बढेर आज चाँदी १ हजार ३३५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo